About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
बढदो डेङो

Darpanpost आइतबार, आश्विन ०२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२ असोज । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ ।

संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।

टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’अबगकभ कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् ।

अस्पताल नजाने, ज्यादै ढिला जाने, सिटामोलले ज्वरो र दुखाइ कम नभएपछि ब्रुफेन, एस्प्रिन सेवन गर्ने, पुनः भिन्दै सेरोटाइपबाट संक्रमित, प्लेटलेट बढाउन अनियन्त्रित र जथाभावी वैकल्पिक औषधि लिने र ज्यादै जटिल भएपछि मात्र अस्पताल पुग्दा कोभिड दोस्रो लहरमा झंै बेहोस र प्रांगणमै ढल्ने दैनिक एकपछि अर्को देखिँदै छ । जबकि, विगतमा यस्तो कहिल्यै नदेखिएको वरिष्ठहरू बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।

 

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com