About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
म्यादि प्रहरी भर्ना आबेदन दिन नवलपरासी मा घुईचाे आज तेस्राे दिन सम्म १५१४ जनाले दिए दरखास्त

Darpanpost शनिबार, आश्विन ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव, असाेज १ । नवलपरासी । आसन्न संघीय संसद र प्रदेश सभा निर्वाचनका लागि नवलपरासीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । यहाँका निर्वाचन केन्द्रमा खटाउन भाद्र ३० देखि असाेज ६ गतेसम्म अवधि दिएर दरखास्त आह्वान गरिएको छ ।

बिहिबार देखि नै म्यादीमा भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी का सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनु भयाे । पुर्व म्यादि, सेना र प्रहरीबाट रिटायर्ड भइसकेका प्राथमिकतामा राखिने उहाले जानकारी दिनु भयो । नवलपरासीमाआबेदन दिने तेस्राे दिन सम्म कुल १५१४ जनाले आबेदन दिएकाे सुचना अधिकारी डियसपि पाण्डेले बताउनु भयाे । १८ बर्ष पूरा भई ५४ वर्ष ननाघेकालाई छनोटका मापदण्ड समेत निर्धारण गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले म्यादी प्रहरीका लागी भर्ना खुलाएको हो ।

सरकारले १ लाख १५ हजार जना म्यादी प्रहरी माग गरेको छ। आगामी मसिर ४ गतेका लागि तय भएको संघीय संसद र प्रदेश सभा निर्वाचनका लागि भाद्र ३० गतेदेखि असाेज ६ गतेसम्म दरखास्त दिन सकिनेछ ।

 

फाराम काठमाडौँ उपत्यकाका हकमा महानगरीय परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा तथा अन्य जिल्लाका हकमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट भर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com