About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
प्रभा बर्तौलाको तिमी राम्री गीत सार्वजनिक

Darpanpost बिहिबार, भाद्र ३०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

३० भाद्र, नवलपरासी ।

प्रभा बर्तौलाको “तिमी राम्री” बोलको गित सार्वजनिक भएको छ । बिकास रानाको स्वर, निर्देशनमा र प्रभा ब्रतौलाको शब्दमा बजारमा आएको तिमी राम्री गितको यो हृदयस्पर्शी गितमा नेपाली गजल गायनका चर्चित गायक थानेश्वर गौतमले संगित भर्नुभएको छ । उहाँले आफ्नो कला र गलाले दर्शकलाई सदा मोहित पारेजस्तै यसपटक संगितले मोहित पार्नुभएको छ ।

यो गित सुन्दा र हेर्दा श्रोतावर्गमा नौलोपनको र नयाँ दुनियाँमा भएको जस्तो आभास भईहाल्छ । उत्कृष्ट अभिनय, हृदयस्पर्शी शब्द र आवाजले श्रोताको मनमा अलग नै दुनियाँमा भएजस्तो आभास गराईहाल्छ । सुधिर श्रेष्ठ, स्मारिका ढकाल, शुसिला थापाको मुख्य अभिनय रहेको यो गित मलाश्री स्टुडियोमा रेकर्ड भएको हो । यसको भिडियो मिक्सिङ खड्क बराजुलीले गर्नुभएको छ भने अरेन्जिङ् नरेन्द्र वियोगीले गर्नुभएको हो । उत्कृष्ट छायाङ्कन रहेको तिमी राम्री बोलको गितको छायाङ्कन मान कृष्ण महर्जनले गर्नुभएको हो । यस गितमा सम्पादन बन्दे प्रसादले गर्नुभएको छ । रामजी लामिछानेले भिडियो निर्देशन गर्नुभएको हो ।

उक्त गितमा एक प्रेमी प्रेमिकाको मनमा हुने जलन, प्रेम, मनोभावना, र शंका उपशंकालाई दर्शाईएको छ । प्रेममा परेपछि संसार नै भिन्न लाग्ने गर्छ । आफूले मन पराएको मान्छे र उसका सबै कुराहरु प्रिय हुन्छन् । उ जस्तो सुकै होस, उ नै सबथोक र उत्कृष्ट लाग्ने गर्छ । उ रिसाएर नबोल्दा रुम कि हासम हुनु र उ बाट टाढा हुँदा समय नै नढले जस्तो लाग्नु र संसार नै शून्य लाग्नु स्वाभाविक कुरा हो । उ नै आफ्नो खुशीको मुहान जस्तै लाग्ने गर्छ, देख्नेबित्तिकै हास्दिन भन्दा भन्दै पनि ओठमा मुस्कान आउनु प्रेम र आफ्नोपनको संकेत हो । उसको नयन, रुप र उससँग सम्बन्धित हरेक कुराहरु आफ्ना र प्यारा लाग्ने गर्छन् । वास्तवमै प्रेममा परेपछि आफ्नो प्रेमीप्रेमिका सर्वोत्कृष्ट लागि नै हाल्छन् । उ आफूसँग नै रहोस् र उसँगै समय बिताउँन पाईयोस् भन्ने हर प्रेमी प्रेमिकालाई हुने गर्छ । आफ्नो प्रेमप्रेमिकालाई अरुसंग देख्दा हुने जलन हुनु अरुसँग देख्न नसक्नु प्रेमको एउटा पाटो हो । जब शंका उपशंका हुन थाल्छ तबमात्र भित्रभित्र लुकेर रहेको प्रेम रिसका रुपमा बाहिर आउँने गर्छन् । तर अधिक शंका र रिस भने प्रेममा पर्खाल लागेजस्तै गरी सम्बन्ध नै समाप्त पार्न सक्दछ ।

गितको भिडियो युटुबमा पनि राखिएको हुदा युटुबमा गएर पनि हेर्न सकिनेछ । भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com