३० भाद्र । भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मु बेलायती महारानी एजिलावेथ द्धितियको अन्त्येष्टिमा सहभागी हुनु हुने भएको छ ।
मुर्मु अन्त्येष्टिमा सहभागी हुन सेप्टेम्बर १७ मा बेलायत जानुहुने छ । मुर्म सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतमा रहनुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रपति बनेपछि मुर्मुको यो पहिलो विदेश भ्रमण हुनेछ ।
भारतले बेलायतकी महारानीको निधनमा सेप्टेम्बर ११ मा एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको थियो । एलिजाबेथ द्धितियको शोकमा भारतका राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
यसअघि भारतका विदेश मन्त्री डा. एस जयशंकर सेप्टेम्बर १२ मा दिल्लीस्थित बेलायती उच्चायोगमा गएर महारानीको निधनप्रति शोक व्यक्त गर्नुभएको थियो ।