भाद्र २९ । भारतमा थप पाँच हजार कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
भारतमा पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले जनाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरेको थियो ।
भारतमा हाल ४५ हजार सात सय ४९ जना सक्रिय संक्रमित रहेको भारतको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।