२६ भाद्र । पपुवा न्युगिनीमा भुकम्प गएको छ । आईतबार बिहान पपुवा न्यु गिनीमा केनान्तु सहर नजिकै ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग यूएसजीएसले जनाएको छ ।
घटनाको पूर्ण विवरण भने आईसकेको छैन् । भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको त्यहाँको मौसम एजेन्सीले जनाएका छन् । त्यहाँका केही स्थानका विद्युत कटौती र भवनहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।