About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
नवलपरासीमा नेपाल ट्रेड यूनियन कांग्रेसद्धारा बालबालिकालाई पुस्तक र झोला वितरण

Darpanpost शनिबार, भाद्र २५, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२५ भाद्र, नवलपरासी। नेपाल ट्रेड यूनियन कांग्रेस नवलपरासी कार्यसमितिले विद्यार्थीहरुलाई निशुल्क पुस्तक र झोला वितरण गरेको छ । समितिले शनिवार प्रतापपुर गाउँपालिका वार्ड नं. १ भिठ्ठास्थित नवलपरासी पश्चिमद्धारा जिलाफको सहयोगमा संचालित अनौपचारिक शिक्षा अन्तर्गत श्रमिकका बालबालिकाहरुलाई पुस्तक र झोला वितरण गरेको हो ।


कार्यक्रममा बोल्दै नेपाल ट्रेड नवलपरासी जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानहरी अर्यालले बाल शिक्षा विद्यार्थी र बालबालिकाको जीवनमा अतयन्तै महत्वपूर्ण भएको बताउँनुभयो । उहाँले शिक्षा नै भोलीको विकास र संवृद्धिको आधार भएको बताउनुभयो । उहाँले बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको पठनपाठन गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुलाई अध्ययनमा रुचि जगाउन बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर हौसला थप्नुपर्नेमा जोड दिएका थिए ।



उक्त कार्यक्रममा पत्रकार, कार्यसमितिका विभिन्न पदाधिकारी, विद्यार्थी, श्रमिक र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल ट्रेड नवलपरासी जिल्ला कार्यसमितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता, प्रतापपुर गाउँपालिकाका प्रमुखको प्रमुख आतिथ्यता र मान कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com