About Contact
२२ माघ २०७९, आइतबार
Close
बिज्ञापन
स्थानीय निकायको तालमेल नमिल्दा अलपत्र परेको हुप्सेकाेट फलाम खानि

दिपा न्यौपाने बुधबार, भाद्र २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२२भदौ, दिपा न्यौपाने । नवलपरासी । नेपालमा विविध प्रकारका खानीहरु रहेको चर्चा समय समयमा हामिले सुन्दै आएका छौ ।
करिव २ दशक अगाडि देखि नै नेपालमा सुन, तामा, पित्तल ,ग्यास तथा पेट्रोलीयम पदार्थ लगायत खानी रहेको सरकारले विभिन्न समयमा गरेका खोज अनुसन्धानहरुले बताउने गरेका छन ।

करिव ७ वर्ष अघि पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –५ धौवादी डाँडामा फलाम खानी भेटिए लगतै उक्त क्षेत्रमा फलाम खानी उत्खननका लागि प्रक्रिया अघि बढाइएको थियो ।

१० किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त फलाम खानीबाट फलाम उत्खननका लागि सरकारले ०७६ सालमै धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन गरेको थियो ।

मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गरि आत्मनिर्भर बन्ने र हाल आयात हुदै आएको वार्षिक लाखौ टन फलाम नेपालमा उत्पादन गरि फलाम आयातमा विदेशीएको मुुद्रा समेत वचत गर्ने दिर्घकालिन उद्देश्य सरकारले लिएको छ ।

फलाम खानीको उत्खनन् र कम्पनी गठन भएको आज ७ वर्ष वढी हुदा समेत ठोस आसा लाग्दो कार्य प्रगती हुन नकस्दा चिन्ताको विषय बनेको छ ।

एकातर्फ सरकारले गठन गरेको धौवादी फलाम खानी लिमिटेडको कार्यप्रगती सुस्त देखिएको छ भने अर्को तर्फ धौवादी आसपास प्रभावित क्षेत्रका स्थानीय वासीहरुमा समेत कुनै उत्साह देखिएको छैन । फलाम खानी उत्खनन् सुरु भएको लामो समय भयो अझै सम्म स्थानीयहरुको मनमा रहेका जिज्ञासाको समाधान सरकारबाट पाउन सकेका छैनन् । धौवादी गाउमा फलाम खानी छ भन्ने सुनेको १२ वर्ष भएको र काम सुरु भएको पनि ७ /८ वर्ष बितिसक्दा पनि सरकारले स्थानीयलाई कहा र कसरी व्यवस्थापन गर्ला भन्ने चिन्ताले हरेक दिन सताइरहने धौवादी वासी स्थानीय लाल वहादुर घर्ती मगरले बताउनु भयो ।

उता केन्द्रिय सरकारको फलाम खानी उत्खननमा नजिकबाट सहयोग गर्ने र स्थानीय खानी तथा श्रोतको प्रत्यक्ष अधिकार र सरोकार राख्ने स्थानीय सरकारलाई कुुनै वास्ता नगरेको गुनासो पनि छ ।स्थानीय सरकारलाई फलामखानी एउटा “कागलाई बेल पाक्यो हर्ष न विस्मात” हुने चिन्ता हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको भनाइ छ ।

फलामखानी लिमिटेडको कार्य प्रगती कति कुन गतिमा हुने हो कुनै जानकारी नभएको र उत्खनन् गर्दा स्थानीय जनताहरुले कस्तो सुवीधा पाउने हो के असुविधा भोग्नु पर्ने हो यस वारे वडामा समेत कुनै जानकारी नगराइएको हुप्सेकोट वडानं ५ धौवादी क्षेत्रका वडाअध्यक्ष पदम वहादुर रानाले बताए ।

सरकारले प्रत्येक वर्ष बजेट वक्तव्यमार्फत एकै आर्थिक वर्षभित्र फलाम उत्पादन गर्ने उल्लेख गरे पनि सोही गतिमा काम अघि बढ्न सकेको छैन । विशेषगरी उद्योगको अध्ययन नगरी बजेटमा राख्ने गरेकाले पनि कामले सफलता पाउन सकेको छैन। सरकारले मन्त्रिपरिषद् बैठकबाट नवलपरासीस्थित धौवादी फलाम खानी उपयोगमा ल्याएर कम्पनी स्थापना गरि काम अघि बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै कम्पनी स्थापना भएको हो ।

फलाम खानी कम्पनीमा ११ जना कर्मचारी छन् । सहसचिवको नेतृत्व सञ्चालन हुनेगरी कम्पनीको गर्ने मोडालिटी तयार गरिएको छ। यस्तै निजी क्षेत्रको ४५ प्रतिशत केन्द्र सरकारको ५० प्रतिशत स्थानीय तहको २ र प्रदेश सरकारको ३ प्रतिशत सहभागिता रहने बताइएको छ ।
फलामखानीबाट पिग आइरन उत्पादन हुने र यो व्यवसायिक रूपमा सम्भव हुने अनुमान गरिएको छ ।
यो फलामबाट रेलको लिग, सडकमा ढल छोप्ने ढकनी निर्माणको लागि पनि प्रयोग गर्ने गरिन्छ । यस्तै छड बनाउनका लागि समेत प्रयोग गरिने बताइएको छ ।

स्थानीय सरकार केन्दिय सरकार तथा स्थानीयवासी विच फलाम खानी संचालनका सन्दर्भमा आवश्यक तालमेल र पत्रक स्पष्टता हुन नसक्दा फलामखानी सिघ्र संचालनमा गतिरोध हुने हो कि भन्ने चिन्ता देखिएको छ ।

गाउपालिकाकाका अनुसार फलाम खानी लिमिटेड स्थापना गरियो तर अहिलेसम्म सम्पर्क कार्यालय छैन, जहाँ फलाम खानी छ, जहाँ स्रोत छ, स्रोत भएको क्षेत्रलाई पहिलो जानकारी पाउन पर्छ की पर्दैन गाउँपालिकाले कसरी स्थानीयजनतासंग सहकार्य गर्ने भन्ने अन्यौल रहेको दावी छ ।
संघीय सरकारको बजेटमा हरेक वर्ष फलाम खानी प्राथमिकतामा पर्ने तर काम कति भयो, बजेट कता कता खर्च भयो त्यसको जानकारी समेत गठन भएको धौवादी फलाम खानी लिमिटेडको र्तफबाट संस्थागत रुपमा पालिकामा जानकारी आउने नगरेको पालिकाको भनाइ छ ।

खानी बिस्तार गरिने क्षेत्रमा पहिरो र भुक्षयको डर ले स्थानीय त्रसित छन । संघीय सरकारबाट खानी सन्चालनमा विनियोजीत बजेट बालुवामा पानी त हुने होइन भन्ने चिन्ता भएको पालिका अध्यक्ष लक्ष्मीदेवी पाणडेले बताउनुभयो ।
आफूहरुले सन्चालक समितीमा गाउँपालिका पनि सदस्य रहनु पर्ने भन्दै पटक पटक मन्त्रालयमा माग गरे पनि यसको सुनवाई नभएको पाण्डेको भनाई छ । त्यस्तै पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले फलाम खानीमा स्थानीयले लगानी गर्न पाउन पर्ने विषयमा भने फलाम खानी सर्वे सुरु हुदाँको दिनसम्म गाउँपालिकामा स्थायी बसोबास भएका नागरिकले १० प्रतिशत शेयर पाउने गरेर निर्णय भएको जानकारी आफूहरुले पाए पनि १० प्रतिशत शेयरले मात्रै नहुने पाण्डेले बताउनुभयो ।

अतः फलाम खानीलाई स्थानीयवासी तथा स्थानीय सरकारको रुपमा रहेको हुप्सेकोट गाउँपालिकाका गुनासाहरु सम्बोदन गर्नु पर्दछ । स्थानीयलाई प्रमुख प्राथमिकतामा राख्दै फलाम खानीको काम अगाडी बढाउने र रोजगारी लगाएत समग्रमा हुप्सेकोटलाई फाईदा गरी सरकारले छिटै फलाम उत्खननको र उत्पादन को सुरुवात गर्ने वातावरण मिलाउन ढिलाइ गर्न नहुने देखिन्छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
तिलक बस्नेतकाे गुल्मी रेसुङ्गा पन्चे बाजा गित सार्बजनिक (भिडियो सहित)
एक महिना लामो स्वस्थानी व्रत आज समापान हुदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com