About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
हामी पनि लाईन नलागौँ त के हुने रहेछ?

मिना गैरे बुधबार, भाद्र २२, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

२२ भाद्र । मिना गैरे । जहाँ गयो त्यही पालो कुर्नुपर्ने चाहे हस्पिटल होस्, मन्दिर होस्, प्रशासन होस्, पालिका होस्, नगरपालिका होस्, या विभाग होस् सरकारी काम होस् या विकासका काम होउन् । जतापनि कुर्नुपर्ने त्यो पनि चरणपद्द हिसाबले, र लाईनवद्द भएर । अझ कसैको पालो मिचेर अगाडि जानुपर्छ, अहो यस्तो माहोल सिर्जना हुन्छ कि मानौँ विश्वयुद्धको संकेत भईरहेछ । हुन त हामी सबैको समय अमूल्य छ र सबैलाई आफ्नो काम छिटो छरीतो रुपमा सक्न पाए कानमा तेल हालेको जस्तो आनन्द अनुभूति हुन्छ भन्ने लाग्छ होला । हुन पनि हो छिटो काम सकेर आनन्दले निस्फीक्री बस्न पाउनुलाई स्वर्गकै सुखजस्तो भन्न सकिन्छ ।
नेपालको प्रसंगमा कुरा गर्ने हो भने कोही समाजमा कानुनलाई आफ्नो कब्जामा लिएर कानुनको दुरुपयोग गरीरहेका छन् त कोही बिना गल्ती दोषी बनिरहेका छन् ।

पालो कुर्ने विषयको चर्चा गर्दा सधै सबैले पालो कुर्दा लाईन बसेर नै कुर्छन भन्ने पनि छैन् । लाईन बस्ने भनेको आम जनता र सर्बसाधारण मात्र हुन् । नियम पनि सर्बसाधारणका लागि हुन् । किनकी यहाँ राजनैतिक व्यक्ति र ठूलाबडाहरु न त लाईन लाग्न पर्छ न त उनीहरुमाथि नियम नै लागू हुन्छन् । बुज्नेलाई ईसारा नै काफी छ, मन्त्रि र ठूलाबडाहरु लाईन लाग्नु नै पर्दैन् । केही दिन अघिमात्र घटेको एउटा घटनाले यो कुरा प्रष्ट पनि भईसकेको छ । अझ त्यतिमात्र कहाँ हो र यहाँ निर्दाको बोल्ने पनि कोही छैन् । बोल्यो भने पनि सत्ता र शक्तिको आडमा चुप गराई हाल्छन् ।

हाम्रा माननीय संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अस्तिको घटना केलाउँदा राजनैतिक व्यक्ति नै सर्वाेपरी रहेछन् कि भन्ने भान आउनु पनि स्वभाविक कुरा हो । सर्वसाधारण लाईन लागेको बेलामा र आफ्नो जिम्मेवारी पूरा गरीरहेको एउटा सूरक्षा गार्डले सबैलाई लाईन लाग्न भन्दा मन्त्रीलाई पनि भन्नु अपराध सिद्ध हुनु वास्तवमै दुखको कुरा हो । लाईनमा बस्नुस भन्दा माननीय मन्त्री ज्यूलाई अभद्र व्यवहार गरेको आरोप पाएका सुरक्षागार्ड शेरजंग गुरूङ वास्तवमै एउटा निष्ठावान्, जिम्मेवार र निडर व्यक्तित्व हुन् भन्ने कुरा नेपाली जनताले प्रष्टसँग बुझिसकेका छन् । किनकी सबैलाई समान नजरले हेर्ने आँखा हर कसैसँग हुदैनन् । केही दिन अघि छायाँ सेन्टर निजी सुरक्षा अधिकृत सहित पुगेका पर्यटनमन्त्री श्रेष्ठ अगाडि जान खोज्दा गुरुङले रोकेका थिए । पीएसओले उनी मन्त्री भएको बताएपनि सुरक्षागार्डले जो भए पनि लाइनमा आउनुस् भनेपछि विवाद भएको थियो र मन्त्रालयले प्रहरीमा जाहेरी पनि दिएको थियो । प्रहरीले उक्त जाहेरीका आधारमा गुरुङलाई पक्राउ समेत गरेको थियो । यसरी सत्ता र पदको दुरुपयोग गरी कुनै पनि नागरिक वा कर्मचारीलाई पक्राउ गरीनु लज्जास्पद कुरा हो । यस्तो राजनैतिक प्रवृत्तिले नेपालमा राजनेता र सरकारप्रतिको जनताको विश्वासलाई कमजोर बनाउँदै लगिरहेको छ ।
राष्ट्रिय सभा र संसदमा साँसदहरुले पनि संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेका छन् । रवी लामिछाने जस्ता देशका प्रतिष्ठित व्यक्तिहरुले पनि गुरुङको साथ दिएका छन् ।
आफ्नो जिम्मेवारी पूरा गर्दा र सबैलाई समान व्यवहार गर्दा एउटा सुरक्षाकर्मी पक्राउ परेको र जेल चलान भएको घटनाले यो कुरा सिद्ध गरेको छ कि नेपालको राजनैतिक अवस्था र राजनैतिक दलहरुको के र कस्तो दृष्टिकोण रहेको छ भन्ने । हुन त पहिले देखि नै राजनैतिक शक्तिहरुले आफ्नो स्थान र सत्ताको दुरुपयोग नगरेका होईनन् तर यसरी सार्वजनिक रुपमै भने केही कसो घटनाहरु मात्र बाहिर आउँने गर्छन् । साउथ ईण्डियन फिल्मका कन्टेन्टमा जस्तै ठूलोपन र सत्ता, शक्तिको दुरुपयोग ।

माननीय मन्त्रीज्युहरुको यस्ता प्रवृत्तिले नेपालको स्वाभिमान नै धरासायी बन्न पुगीरहेको छ । कसैले कार्यक्रमहरुमा ¥याल चुहाउँने, कसैले के भन्ने र कसैले सत्ता दुरुपयोग गर्ने जस्ता प्रवृत्तिले नेपालको अन्तर्राष्ट्रिय बेईजत पनि नभएका होईनन् । अब माननीय मन्त्री ज्यूहरु लाईन लाग्न हुँदैन भने हामी कसरी मतदानस्थलमा मंसिर ४ गते लाईन लाग्ने । हामी पनि नलागौ त के हुने रहेछ ?

 

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com