About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
परासी बजारमा छाडा चौपाया आतंक, बेवास्ता गर्दै रामग्राम नगरपालिका

Darpanpost आइतबार, भाद्र १९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी / नवलपरासी / भदौ १९

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकाे प्रमुख व्यापारिक शहर परासीको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न रामग्राम नगरपालिकाले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।

स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न सकेको छैन ।

नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फि प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ ।

नगरसफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको ब्यवथापन नगर्दा यात्रुलाई समस्या हुने र छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गरेको जनताले गुनासो बढन थालेका हो ।

कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, घना शहरमा छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । त्यसो त सवारीले पशु चौपायालाई सडकमै मार्ने र महिनौंसम्म सडक दुर्गन्धित हुने घटना नयाँ होइन ।

सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ ।

अहिले परासीका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।

परासी बजारमा जहिले पनि छाडा चौपाया,गाईबस्तु र बाख्रा घुम्ने गरेका छन् । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन् ।

सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसनिय छ,उनले भने, तर यि छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्यो ।

यसबारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे,यहिँ बजारमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी समेत आउने जाने गर्छन् । हेर्ने पनि गरेका छन् ।
यसको ब्यवस्थापनका लागि काम गरिदिनु पर्यो । नगरपालिकाको चौपाया ब्यवस्थापनका लागि कहाँ र कसरी ब्यवस्थापन गर्ने ?

विगत बर्षमा पनि सारदा गौशालाको नामले नगरपालिकाकाकै वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नै वार्डमा सञ्चालन गर्न लगाएका थिए । तर नगरपालिकासँग समन्वय हुन नसके पछि उनले पछि गौशाला सञ्चालनबाट हात झिकेका थिए । त्यही बेला देखी बजारमा छाडा चौपाया ब्यवस्थित हुन सकेका छैनन् । ति गौशाला पुनः सञ्चालन गर्ने हो ? कि अन्य कुनै विकल्प पनि सोच्नु पर्ने स्थानियको भनाई छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com