About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
सुनवल ७ द्वारा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय वडावासीले लिए निशुल्क सेवा

Darpanpost मंगलबार, भाद्र ०७, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । नेताहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू निर्वाचित भएसंगै विर्सिन्छन् र नागरिकहरू जहिले पनि ठगिईरहन्छन् भन्ने आम सवाललाई केही जनप्रतिनिधिहरूले चिर्ने प्रयास गरिरहेका छन् । निर्वाचनमा बोले जति सबै प्रतिबद्धताहरू पूरा नगरेपनि मुख्य(मुख्य एजेण्डाहरू पूरा गर्ने प्रयत्नमा छन् गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू । जसको उदाहरण हो  सुनवल नगरपालिका वडा नं. ७  निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सुनवल वडा नं। ७ ले बृहत स्वास्थ्य शिविरको आयोजना गर्यो । बर्षको २ पटक निशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाउने प्रतिबद्धता अनुसार मंगलबार पहिलो चरणको स्वास्थ शिविर सम्पन्न भएको वडा अध्यक्ष नारायण आचार्यले बताए । उनले हरेक ६ महिनामा एक पटक वडावासीको निशुल्क परिक्षण गराउने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।

No description available.

मंगलबार तर्गौलीस्थित जनजागृति आधारभुत विद्यालयमा सम्पन्न शिबिरबाट ४२५ जना वडावासीले सेवा लिएको वडा कार्यालयले जनाएको छ । महिला तथा प्रसुती, नाक, कान, घाटी, मुख र आँखाको निशुल्क परिक्षण र औषधि समेत उपलब्ध गराईएको शिविरमा स्थानीयको राम्रो उपस्थिति रहेको वडा अध्यक्ष आचार्यले बताएका छ ।

No description available.

शिविरमा निशुल्क वितरण गरिने औंषधीको लागि पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलले सहयोग गरेको वडाले जनाएको छ ।

यसअघि शिविरको उद्धाटन गर्दै सुनवल नगरपालिकाका उपप्रमुख सुर्यप्रसाद दुबेले नागरिकको स्वास्थ्य संबेदनसिलताप्रति चिन्तित भएर वडा नं। ७ ले शिविरको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।

No description available.

कार्यक्रममा बोल्दै देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरका अध्यक्ष गोपाल पोखरेलले आफुले व्यवसाय संचालन गरेको क्षेत्रका नागरिकलाई यथासक्य सहयोग गर्नु सामाजिक दायित्वलाई मनन गर्दै देवदह मेडिकल कलेजले शिविरमा निशुल्क प्राविधिक सहयोग उपलब्ध गराएको र आगामी दिनमा समेत विशेषज्ञ चिकित्सक सहितको प्राविधिक सहयोगका लागि आफुहरू तयार रहेको उल्लेख गरे ।

No description available.

कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलका प्रतिनिधिहरू लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com