About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
पूर्व उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ लोककार्पण

Darpanpost बुधबार, भाद्र ०१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

१ भदौ, काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोककार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा पराष्ट्रपति पुनले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताए ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भावनाका तरंगहरू मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नुपर्ने कर्तव्यहरू धेरै भएको बताए ।

पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भट्राईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्रकुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेशका धेरै मुद्दा अझै नसकिएको बताए ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै घटना पुस्तकमा आए पनि अझै धेरै कुरा छुटेको बताए ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
सुनवलमा स्लाईसको बोतलमा भेटियो किरा
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com