१ भाद्र ,शुद्धोधन रुपन्देही । ज्ञानपुञ्ज ईङ्लिस सेकेण्डरी स्कुलको सहकार्यमा मृगौला फेल पिडित रुपन्देही शुद्धोधन ४ बर्मेलीटोलका राकेश विश्वकर्मालाई आज एक कार्यक्रम विच सहयोग रकम ह्स्तान्तरण गरिएको छ । रकम ज्ञानपुञ्ज ईङ्लिस सेकेण्डरी स्कुलका शिक्षक एंव अभियान्ता अर्जुन रेग्मी र कक्षा ८ का विधार्थीहरुले ३५ हजार रुपैयाँ मृगौला पिडित राकेश र उनको माइजुलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो।
‘
विभिन्न देशबिदेशबाट सहयोग गरेका सहयोगी र विद्यालयबाट संकलित कुल रकम रु १८६९० नगद र रु १६३१० पिडितकै खातामा जम्मा गरिएको थियो ।
सहयोग हस्तान्तरण गर्दै सस्थापक प्राचार्य तोयाराम पौडेलले सहयोगको परोपकारी भाव विधार्थीमा जागोस भन्न र सस्थाको सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफुहरु सदैव तत्पर रहेको भन्दै पिडित राकेशको सिघ्रस्वास्थ्यलाभको कामना गर्नुभयो । विधार्थी प्रविन श्रेष्ठले आफ्नो भनाई राख्दै अरुलाई सहयोग गर्नुपर्छ भन्ने पढेको ज्ञानलाई व्यवहारमा लागु गर्न पाउदा थप जिम्मेवारी बोध भएको जानकारी दिनुभयो । सहयोग ग्रहण गर्दै राकेश विश्वकर्माले सहयोगी सबैलाई आभार प्रकट गरे।