About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
निर्वाचनको मिति घोषणा भए पछि राजनितिदलहरु उत्साहित

Darpanpost शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो।

निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ। निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताए । उनले भने, निर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको विषय टुंगो लगाउँछौं ।

महतले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन आफ्नो पार्टीले अभियान नै सञ्चालन गर्ने बताए । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक र संवैधानिक प्रक्रिया रहेको प्रतिक्रिया दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com