About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
असारे विकासले बेरुजु वढ्यो : प्रदेश प्रमुख शेरचन

Darpanpost बुधबार, आषाढ २९, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले असारे विकासका कारण बेरुजु वढेको बताएका छन । बुधबार प्रदेश प्रमुखको कार्यालयमा महालेखा परिक्षकको कार्यालयले पेश गरेको प्रदेश सरकारको लेखा परिक्षण बुझ्दै नियम मिचेर काम गर्न खोज्दा बेरुजु घट्नुको साटो झन बढिरेको बताएका हुन । पछिल्लो समय असारमा भौतिक पूर्वाधार विकासको काम गर्ने प्रचलन वढीरहेको उल्लेख गर्दै उनले काममा गुणस्तर नहुँदा जनताले तिरेको कर खेर गएको बताए । उनले बेरुजु कम हुने गरी काम गर्न मन्त्रीहरुलाई मौखिक सल्लाहा दिएको उल्लेख गर्दै समयमै ऐन निर्माण नहुँदा समस्या भएको बताए । सयमै काम गर्न नसक्नेलाई किन कार्बाही नगरेको भन्दै प्रश्न समेत गरे । महालेखा परिक्षकको कार्यालयले बुझाएको प्रदिवेदन अनुसार लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०७७÷०७८ मा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको छ । जसमा सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयमा ५६.६९ प्रतिशत, शिक्षा तथा सामाजिक विकास मन्त्रालयमा २६.२९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ९.७० प्रतिशत, आन्तरीक मामला तथा सञ्चार मन्त्रालयमा २.१८, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १.७४ प्रतिशत र भूमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्रालयमा १.६४ प्रतिशत बेरुजु देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com