About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 

Darpanpost मंगलबार, आषाढ २१, २०७९ मा प्रकाशित

featured photo: Darpanpost

ज्ञानेश्वर सहानी

नवलपरासी । पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह का कक्षा ६ देखि १२ सम्म को विधालयहरू मा बाढी , डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ ।

 

नेपाली सेनाको गोरखदल गण परासीको आयोजना मा बाढी डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास सुरु गरेका छ ।

 

घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले बिधाथीहरुलाई जानकारी गराएको थियो ।

 

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले विधाथीहरुलाई समेत सचेत गराउन कक्षा सन्चालन अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित शिक्षक , विधाथी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com