रुपन्देही । रुपन्देहीको देवदह ८ मा भएको शोकसभामा नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाकले स्वर्गबास हुनु स्वभाविक भए पनि पार्टीको लागि क्षति भएको बताउनु भएको छ । क्षेत्रीय सदस्य तथा कृषक संगका देवदह अध्यक्ष रामप्रसाद देवकोटाको ममतामय माता स्वर्गिय जसुदा देवकोटाको नौ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले मृत्यु स्वभाविक र प्रकृतिको नियम भएता पनि पार्टीलाई क्षति भएको बताउनु भएको ।
उक्त कार्यक्रमा स्वर्गिय जसुदा देवकोटाको सोच र चिन्तन रहेको थियो त्यसलाई हामीले आत्मसाथ लिएर हिन्ने र हिन्न समेत कार्यक्रममा औल्याउनु भएको छ र सम्पुर्ण कार्यकर्ता समेतलाई आग्रह गर्नु भयो । सोही कार्यक्रममा क्षेत्र नं. १ क्षेत्रिय सभापति हिरा केसीले स्वर्गिय माता जहिले पनि पार्टीको चिन्तन र सफलता तिरको बाटो औल्याउनु हुने बाताउनु भयो । सोही कार्यक्रमा जिल्ला सहसचिव बासुदेव रिमालले असल कर्म एकता भए पार्टी कम्जोर नहुने उहाँको सोचाई रहेको चर्चा गर्नुभयो ।
उक्त कार्यक्रमा महासमिति सदस्य मणि प्रसाद शर्मा, वडाअध्यक्षहरु यक बहादुर सुनार,दमननाथ रेग्मी, यज्ञ अर्याल,मोहन जिसि वडासभापति गंगा बहादुर थापा, क्षेक्रिय सदस्य लगाएतको सहभागि रहेको थियो । नगर सभापति गुनाखर भुर्तेलको अध्यक्षतामा सचिव नेत्र रिजालको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो ।