आज केहि नया घोषणा गर्नु अगाडि पशुपति नाथ मन्दिरमा आशिर्बाद लिदै ।रबि दाई राजनीतिमा प्रवेश गर्ने खबरले नेपाली राजनीतिमा खैला बैला मच्चिएको छ। रबि कुन पार्टी कहाँ प्रवेश गर्लान यि प्रश्नहरू छन। आज दिउँसो ठिक १:०० बजे काठमाडौंको राष्ट्रिय सभागृहबाट यि प्रश्नहरूको जवाफ आउने नै छ। रबि लामिछाने दाई कहाँ कुन पार्टी प्रवेश गर्नुहुन्छ। पार्टी हेरेर तपाईँलाई साथ समर्थन हुने छैन।
तपाई पार्टीबाट उठ्नुस् वा स्वतन्त्रबाट तपाईँलाई हर कदम साथ सपोट हुनेछ। तपाईँ माथि लाखौ जनताले सपना देखेका छन। राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ यो देशलाई कङ्गाल बनाउने भ्रष्टाचारी दलालहरूले देश र जनतालाई दिनु दुख दिएर सिंहदरबार भित्र चयनका दिन काटेका छन। सम्भब भएसम्म तपाईँ ति दलालहरू देखि एक कदम वरै बस्नुहोला। हिजो तपाईँलाई जनताले गर्ने समर्थन एक थोपा पनि कम वा परिवर्तन हुनेछ।
तपाईँ गलत बाटोतिर लाग्ने वा त्यस्ता कुनै निर्णय लिनुहुने छैन। भन्ने विश्वासका साथ तपाईँलाई हृदय खोलेर साथ दिनेछु। सञ्चारकर्मीको ठाउँबाट यो देशका दुखी गरिब र विदेशमा अलपत्र परेका मान्छेलाई जति न्याया दिनुभयो यो तपाईँको सत्यकर्म हामी जनताले भुल्यौ भने हामीलाई पाप लाग्ने छ।
तपाईँले नेपाल भित्रका साना मान्छेहरूका ठुला पिडाहरूमा लगाएको मलमपट्टी र परिवारलाई खुशी राख्न प्रदेशीएका हजारौ युवाहरूले दुख पाउँदा तपाईँले गरेको उद्धार कहिल्यै भुल्ने छैनौ। नेपालमा देश र जनताको सेवा हुने निःस्वार्थ राजनीतिक गर्ने त्यति सहज भने पटकै छैन। किनभने यहाँ जनताको रगत खाने लामखुट्टेहरूको ठुलो हुल छ। रबि दाई तपाईँ जनताको झुल बनेर नेपाली राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ। त्यो झुललाई थप बलियो मजबुत बनाउन तपाईँलाई हाम्रो साथ सपोट सदैव हुनेछ।