काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ६९१ स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १७ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।