नेपालगञ्ज -कारको ठक्कर बाट बाँकेको नेपालगञ्जमा तीन जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०१ २३ च ८४८१ नम्बरको कारले
नेपालगञ्जको वीपी चोक नजिक ठक्कर दिँदा पैदल यात्रु ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि अन्सारी इद्रिसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको बाँके नर्सिङ
होममा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।