काठमाडौं -पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा संक्रमण बाट मृत्यु हुनेको संख्या शून्य छ।