(एजेन्सी )
दिल्ली -भारतको दिल्लीमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
दिल्लीको गोकुलपुरीमा गएराति लागेको आगोमा परेर सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति आगो लाग्ना साथ नियन्त्रणका लागि प्रयास भएको दिल्ली प्रहरीले जनाएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घटनास्थलको अवलोकन गर्ने बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।