काठमाण्डौ – पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नौ हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकोमा चार सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमण मुक्त भएका छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय २८ पुगेको छ ।