About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
भारतमा  कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चौथो दिन पनि घट्यो

Darpanpost मंगलबार, माघ ११, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

(एजेन्सी)
भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको
सङ्ख्या घटेको छ ।
हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा
कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजार भन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ ।
गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस यता लगातार घटेको हो ।
पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा अहिले २२ लाख ३६ हजार जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आउँदो फेब्रुअरी १५ पछि
कोरोना सङ्क्रमण पुष्टि हुने दर कम भइ जनजीवन सामान्य बन्ने बताएको छ ।
तेस्रो लहरमा सङ्क्रमण धेरै भए पनि खोपको प्रभावका कारण असर निकै कम भएको र अब आउने लहरहरु अझै सजिलोसँग पार गर्न सकिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com