काठमाडौं– पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ जनामा
कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएकोमा पिसिआर परीक्षण बाट ५ हजार ५ सय ९८ र एन्टिजेन परीक्षणबाट ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै १ हजार ४ सय १६ जना संक्रमण बाट मुक्त भएका छन्।
देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण बाट ४ जनाको मृत्यु भएको छ ।