(एजेन्सी)
मुम्बई-भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।
कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ जनाको मृत्यु भएको र २८ जना घाइते भएका इन्डिया टुडेले जनाएको छ । घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ ।
१३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।