About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
जसपा नेपालले लुम्बिनी प्रदेशमा बलिदानी दिवस मनायो

Darpanpost बिहिबार, माघ ०६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

कृष्णनगर -कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले मधेसी शहिदहरूको सम्झनामा बलिदानी दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान, विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव, पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनुभएको थियो ।

मधेस आन्दोलनका क्रममा शहिदहरूको समझनामा मौनधारण तथा दिप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको, मधेसी जनताको बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनताको हकहितका लागी आफूहरू सधै समर्पित रहने बताउनुभयो ।

कार्यक्रममा रामसेवक यादव, बजरंगी गुप्ता, निखिल पाठक लगायतले आ आफ्नो मन्तव्य राखनुभएको थियो ।

उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल, असीष यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com