(एजेन्सी)
भारतमा एकै दिन तीन लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कोरोनाको तेस्रो लहर फैलिए पछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका खबरमा उल्लेख गरिएको छ ।
भारतमा झण्डै आठ महिना पछि तीन लाखभन्दा धेरै
कोरोना सङ्क्रमित भेटिएका हुन् ।
यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण चार सय ९१ जनाको मृत्यु भएको छ । दुई लाख २३ हजार ९ सय ९० जना कोरोनामुक्त भएका छन् ।