About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
आठ बुँदे मापदण्डका आधारमा राष्ट्रिय युवा संघ महाधिवेसन आयोजक कमिटी गठन

Darpanpost बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

सो क्रममा १० प्रतिशत मनोनीत र ५ प्रतिशत समायोजन हुन बाँकी नेताहरु लाई समाहित गर्दै आयोजक समिति बनाएको प्रचार बिभाग प्रमुख माहाराज गुरुङले बताए ।
केही नेताहरुले असन्तुष्टी जनाएका छन् ।
सामाजिक सञ्जालमा ती असन्तुष्टि देखिएका छन् । त्यस्तो असन्तुष्टि सुनिएपछि प्रचार बिभाग प्रमुख गुरुङले स्पष्ट मापदण्डका आधारमा आयोजक समितिलाई पूर्णता दिइएको स्पष्ट पारे ।
उनले भने, ‘समायोजन र बिभिन्न क्लष्टरबाट मापदण्डका आधारमा छानिएको निर्णयलाई तोडमोड गर्दै आयोजक कमिटीमै रहेका र आयोजक कमिटीमै नरहेका केही व्यक्तिहरुले संगठनको स्थापित मूल्य मान्यता, विधि र पद्धतिलाई लत्याउँदै संगठनका असल र ईमानदार कार्यकर्ता लाई भ्रमित पार्ने कोशिस गरिरहेका छन् । यी र यस्ता हर्कतहरु किमार्थ स्वीकार्य र क्षमा योग्य छैनन्, वास्तविकता लाई आत्मसात गरी संगठनको निर्णय अनुसार संगठनको काममा सक्रिय हुन अनुरोध गर्दछु ।’

संघले पोखरा बाट महाधिवेशन आयोजक समितिको संयोजकमा किरण पौडेल र सह संयोजकमा सञ्जीव कुमार झा र क्रान्ति बुर्लाकोटी चयन गरेको छ । यही बैठक बाट उमेर हद नाघेका नेताहरुलाई बिदा दिइएको छ ।

यस्तो छ नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउँदा अपनाईएको मापदण्ड–

१। पार्टी निर्देशन अनुसार राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गरि महाधिवेशन आयोजक कमिटीको सदस्य,सचिवालय,स्थायी कमिटी, पदाधिकारी र कार्यालय कमिटीको संख्या घटाईएको ।

२। उमेर हद पार गरेका कमरेडहरु लाई अहिले सम्म संगठनमा पुराउनु भएको योगदानको उच्च कदर गर्नका लागि पुर्ववत हैसियत सम्मानयोग्य होस् भन्ने कुरा ख्याल गर्दै महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

३। पार्टीको भौगोलिक प्रदेश र जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा रहनुभएका कमरेडहरु लाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

४। नेतृत्वले पटक पटक सजग गराउँदा पनि संगठनको जिम्मेवार तहमा बसेर पार्टी र संगठनको मुल नेतृत्व र नितिको बद्ख्वाई गर्दै हिड्ने कमरेडहरु लाई महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

५। संगठनको उपल्लो तहको जिम्मेवारीमा रहेर पनि संगठनको काममा ६ महिना भन्दा बढी निष्क्रिय रहेका कमरेडहरु लाई विधानको आदेश अनुसार महाधिवेशन आयोजक कमिटीमा नराखिएको ।

६। महाधिवेशन आयोजक कमिटी निर्माण गर्दा समावेशी सिद्धान्तलाई पुर्ण पालना गरिएको । जसअन्तर्गतः
१ र २ निर्वाचन क्षेत्र भएका जिल्ला २ खुल्ला १ महिला
३ र ४ निर्वाचन क्षेत्र भएका जिल्ला ३ खुल्ला १ महिला
५ र ६ निर्वाचन क्षेत्र भएका जिल्ला ४ खुल्ला १ महिला
१० निर्वाचन क्षेत्र भएका जिल्लाबाट ५ खुल्ला १ महिला
जनजाति तर्फबाट ६ खुल्ला ४ महिला
मधेसी तर्फबाट ६ खुल्ला ३ महिला
मुस्लिम तर्फबाट ३ खुल्ला १ महिला
उत्पिडित–दलित तर्फबाट २ खुल्ला १ महिला
थारु समुदाय तर्फबाट २ खुल्ला १ महिला
पिछडिएको क्षेत्र तर्फबाट २ खुल्ला १ महिला
अल्पसंख्यक तर्फबाट २ खुल्ला १ महिला
अपांग ९विशेष क्षेत्र० तर्फबाट १ खुल्ला १ महिला
विशेष योगदान गरेकाहरु मध्येबाट २ खुल्ला १ महिला
खुल्ला तर्फबाट २७ खुल्ला १३ महिला
कार्यालय कमिटी १० खुल्ला ३ महिला

७। नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बाट १०५ मनोनीत ९मनोनीत गर्दा आन्दोलनमा विशेष योगदान गर्नुभएका केन्द्रीय सदस्य कमरेडहरु लाई प्राथमिकतामा राखिएको० र ५५ समायोजन प्रक्रियामा छुट्नुभएका कमरेडहरु लाई समावेश गरिएको ।

८। पार्टी केन्द्रले तोकिदिएको नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सिमित संख्या भित्र समावेश गर्न छुट्नुभएका कमरेडहरुलाई योग्यता,क्षमता र क्रियाशीलता अनुसार केन्द्रीय आयोगहरु ९लेखा, अनुशासन र निर्वाचन०, केन्द्रीय विभागहरु,केन्द्रीय युवा परिषद र प्रदेश तथा विशेष प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गर्ने ।

 

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com