About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
कोभिड संक्रमण अन्त्यको संकेत तत्काल देखिदैन्ः डब्लूएचओ

Darpanpost बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिल लगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको यस्तो भनाई आएको हो ।
कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिड विरुद्धको बुस्टर डोज दिन थालेका छन् ।

‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।

पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।

ओमिक्रोन लाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिका बाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।

‘औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ,’ उनले भने । – एजेन्सी

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com