About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
कोरोना सङ्क्रमण सँगै अस्पतालमा बिरामी बढे ; अबको दुई हप्ता चुनौतीपूर्ण

Darpanpost शुक्रबार, पौष ३०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण सँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा। मनिषा रावलले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमित लाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।

टेकुका निर्देशक डा। रावलका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष आईसीयूमा अक्सिजन दिइ उपचार गरिएको छ । नौ जनाको हाइ डिपडेन्सी कक्ष एचडीयूमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना हुने धेरैजसोमा घाँटीमा अप्ठ्यारो हुने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्ने  जस्ता लक्षण देखिएका छन् ।

टेकु अस्पतालमा सय शय्या सहित २४ आईसीयू रहेको छ ।
अस्पतालका निर्देशक डा। रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताउनुभयो ।
यसैगरी बलम्बुको सशस्त्र प्रहरी बल एपीएफ अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालका डा। प्रविन नेपालले भर्ना भएका धेरै बिरामी लाई अहिले अक्सिजन नचाहिएको बताउनुभयो ।

भर्ना भएका १५ प्रतिशत बिरामी लाई मात्र अक्सिजन दिएर उपचार गरिरहेको उहाँको भनाइ छ । यसअघि सङ्क्रमणको दोस्रो लहरका बेलामा धेरैजसो बिरामीलाई अक्सिजनको आवश्यकता परेको थियो । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा पछिल्लो २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन् ।

अस्पतालका प्रमुख डा। भूपेन्द्र बस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बताउनुभयो । उहाँका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन् । ती मध्ये नौ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

उहाँका अनुसार अहिलेसम्म भर्ना भएका धेरै बिरामी लाई अक्सिजनको आवश्यकता परेको छैन । अस्पतालमा दैनिक २५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ । वीर अस्पतालमा पाँच सय शय्या सहित सय शय्याको आईसीयू रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिले आईसीयू दुई हजार सात सय ९७, भेन्टिलेटर एक हजार आठ, एचडीयू तीन हजार आठ सय ४६ रहेका छन् । यस्तै अक्सिजन सिलिन्डर १३ हजार नै सय ३९, अक्सिजन कन्सटेन्ट्रर ६ सय ९३ रहेका छन् ।(रासस)

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com