दाङ – दाङमा रोकि राखेको ट्र्याक्टर सँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक गम्भीर घाइते भएका छन् ।
तुलसीपुर बाट हेकुली जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो
सोही दिशा तर्फ रोकि राखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरसँग हेकुली चोकमा ठोक्किँदा दङ्गीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अटो चालक दङ्गीशरण ३ हेकुलीका २७ वर्षीय मनिष चौधरीको तुलसीपुरमा उपचार भइरहेको छ ।