एजेन्सी-भारतमा एकै दिन साढे दुई लाख जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यही अवधिमा तीन सय १५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
यस्तै
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये पाँच हजार सात सय ५३ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको बीबीसीले जनाएको छ ।
यही अवधिमा एक लाख नौ हजार तीन सय ४५ जना
कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले भारतमा १२ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका त्यहाँको मन्त्रालयले जनाएको छ ।
अहिले भारतमा कोरोना सङ्क्रमण दर १४ प्रतिशतभन्दा धेरै छ । यही बीचमा एकै दिन ७३ लाख जनाभन्दा धेरैलाई कोरोना विरुद्धको खोप लगाइएको छ । अहिले सम्म एक सय ५५ करोड जनसङ्ख्या लाई
खोप लगाइएको त्यहाँको मन्त्रालयले जनाएको छ ।