नन्दु यादव ,पश्चिम नवलपरासी-पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनीमा रहेको शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस संस्थाले बिभिन्न किसिमको जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दैै आएको छ । आ ।ब।२०७८र७९को ७४ लाख ५४ हजार ४ सय २८ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो । सस्था २५हजार ९ सय २६ रुपैया शुध्द नाफा गर्न सफल भएको छ ।संस्थामा कुल ३७८ शेयर सदस्य रहेका छन ।
यस संस्थाले कृषि ,पशुपालन ,बैदेशिक रोजगार ,लगायत क्षेत्रमा लगानी गरि यश क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाका ब्यवस्थापक साधुसरण यादवले बताउनु भयो ।
कार्यक्रम संस्थाको अध्यक्ष सजय कुमार मिश्राको अध्यक्षता तथा प्रतापपुर गाउपालिका वडा न ३का वडा अध्यक्ष दिवाकर प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ।कार्यक्रममा आर्थिक प्रतिबेदन संस्थाका सचिव जितेन्द्र यादवले प्रस्तुत गर्नु भएको थियो भने सुरेन्द्र हरिजनले स्वागत मन्तब्य दिनु भएको थियो ।कार्यक्रम श्रिनेवास यादव ,बैजु प्रसाद बनिया ,पत्रकार नन्दु यादव ,समाजसेवी जयगोबिन्द यादव लगायतले संस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै सहकारी संस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।संस्थाले शेयर सदस्य बढाउनुपर्ने कुरामा जोड दिदै संस्थामा बचत गराउने अभियान सन्चालन गरिनुपर्ने कुरामा जोडदिनु भयो ।कार्यक्रम बाट बचत कर्ता ,असल कारोबार गर्नेहरुलाई सम्मान समेत गरेको थियो ।