ज्ञानेश्वर सहानी ,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको नयाँ प्रमूख प्रशासकीय अधिकृतमा राकेश पाण्डेले जिम्मेवारी सम्हालेका छन् ।
चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पालिकामा पाण्डेले जिम्मेवारी सम्हालेका हुन्।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई कार्यालयमा स्वागत गरेका छन् ।
जिम्मेवारी सम्हाल्दै प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डेले पूर्ण जिम्मेवारीको साथ इमान्दारी पूर्वक आफ्नो काम कर्तव्य निभाउदै नगरको विकासमा अमूल्य योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रमूख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर उप(प्रमुख रम्भा कुँवर,रामग्राम नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद रेग्मी लगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।