चुरामणि तिमिल्सिना ,रिडी-रुरु क्षेत्र गाउँपालिका वडा नं १ का २ जना उदयमान ब्याडमिन्टन खेलाडी लाई रुरु क्षेत्र गाउँपालिका वडा नं १ को वडा कार्यालयमा युवा समाजसेबिहरुको सहभागीतामा सम्मान गरिएको छ ।
रुरु १ का विवेक शर्मा र जेनिश शेरचन लाई खेल जगतको शुभकामना प्रदान गर्दै खादा टीका र उपहार प्रदान गरि सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष रामलाल बिक , समाजसेबि यदु ज्ञवाली , कमल श्रेष्ठ ,बिष्णु ज्ञवाली ,अशोक श्रेष्ठ ,ज्ञानेन्द्र रावल रामु शर्मा लगायतको सहभागीता रहेको थियो ।
मायाको चिनो प्रदान गर्दै यदु ज्ञवालीले आफ्नो देशको पहिचान गराउन खेलाडीहरु निरन्तर रुपमा लागि रहेकोले यस्ता खेलाडी लाई समय समयमा तालिमको व्यबस्था गर्नु पर्ने र विभिन्न क्षेत्रमा खेलमा जगाउन राज्यले प्राप्त लगानी गर्नु पर्ने बताउनु भयो । दुबै खेलाडी यस क्षेत्रका ब्याडमिन्टनका गहना भएकोले वडा हरेक समयमा सहयोग पुर्याउने र आबश्यक परेमा तालिमको समेत समन्वय गर्नुपरेमा निरन्तर लाग्ने अध्यक्ष बिकले बताउनु भयो। खेलाडी पाल्पा ,बाग्लुङ र गुल्मीमा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रमको सहजिकण शेष नारायण मरासिनिले गर्नु भएको थियो ।