About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
बढ्यो तयारी कपडाको मूल्य

Darpanpost सोमबार, पौष २६, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।

आइतवार राष्ट्रिय व्यापार संघले काठमाडौंमा आयोजना गरेको १७औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनमा बोल्दै नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए ।
उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान अयात गर्दा चीन तर्फबाट नेपाल तर्फको सिमानामा सामान ल्याई पुर्‍याउन २२ किलोमीटर दूरीमा प्रतिगाडी भाडादर ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा यसअघि बजारमा १ हजार रुपैयाँ पर्ने जुनसुकै तयारी कपडाको मूल्य यतिबेला १५ सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ । ‘विगतको तुलनामा ढुवानी भाडा निक्कै बढेको छ । त्यसैले कपडाको लागत बढेको देखिन जान्छ र बजारमा कपडा महँगो दरमा बेच्नुपर्ने बाध्यता छ,’ कार्यक्रममा बोल्दै उनले भने । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com