About Contact
०८ माघ २०७८, शनिबार
Close
बिज्ञापन
घाईतेको उपचारका लागि समाजसेवी ब्रहमानन्दले गरे १० हजार आर्थिक सहयोग

Darpanpost आइतबार, पौष २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

परासी । युवा समाजसेवी ब्रहमानन्द लोहारले एक गरिबको उपचारका लागि नगद १० हजार रुपैया सहयोग गरेका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ३ बेलासपुर निवासी समाजसेवी ब्रहमानन्द लोहारले सोही गाउँपालिका वडा १ बडकी सुनरी बस्ने चुलाई हरिजनको उपचारार्थ दुबै छोराको उपचारका लागि उक्त रकम आर्थिक सहयोग गरेका हुन् ।
पिडित चुलाई हरिजनको जेठो छोरा २५ बर्षिय प्रमोद हरिजन, कान्छो छोरा २२ बर्षिय दिलिप हरिजन भारतको महराजगञ्ज जिल्लाको निचलौलमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका थिए । दुबै घाईतेको खुट्टा भाँचिएको छ भने शरिरको विभिन्न अंङ्गहरुमा चोटपटक लागेको पिडित चुलाई हरिजनले जानकारी दिए । चुलाई आफ्नो दुबै घाईते छोराहरुको उपचारका लागि आर्थिक जोहो गरिरहेका थिए तर उनलाई सहयोग जुटन धौधौ भैरहेको बेला समाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी ब्रहमानन्दले उपचारका लागि नगद १० हजार सहयोग दिएपछि चुलाईले निकै खुशी जाहेर गरे । समाजसेवी ब्रहमानन्द उपचारका लागि चुलाईकै घरपुगी उक्त आर्थिक सहयोग गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै घाईतेहरुको स्वास्थ्य लाभको कामना पनि गरे ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेस पाल्हीनन्दन गाउँपालिका वडा नंं १ का सभापति चुलाई यादव, वडा नं ३ का सभापति मोहन गोसाई, क्षेत्रिय सदस्य सुरेन्द्र पटेल, गाउँ कार्य समिति सदस्य अवधेश कुर्मी, अनिल कहाँर, समाजसेवी मोती मौर्य, राजेश जयसवाल लगायतको उपस्थिती रहेको थियो ।
समाजसेवी ब्रहमानन्द नेपाली कांग्रेसको प्रदेश प्रतिनिधि पनि हुन। समाजसेवी ब्रहमानन्द यस्तै गरि गरिब दुखिया लाई आर्थिक सहित आवश्यक खाद्यान्न सहयोग गर्दै आएका छन भने समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रही विभिन्न आवश्यक सहयोग र साथ दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com