About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
समीप बचतको ९ औ वार्षिक साधारण सभा सम्पन्न

Darpanpost शनिबार, पौष २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

तुलसी राम पौडेल,अमवा- रुपन्देहीको सियारी गाउपालिका ७ पश्चिम् अमवा स्थित समीप बचत तथा ॠण सहकारी सस्था लिमिटेडको ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका जेष्ठ शेयर सदस्य लालमणी मरासिनीले एक कार्यक्रमका बीच साधारण सभाको उद्घाटन गर्नुभयो ।
सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा ६० लाख ३८ हजार ८ सय ११ रुपैयाँ विशुद्ध नाफा गरेको छ।
आफ्ना शेयर सदस्यलाई १२५ लाभांश वितरण गरेको छ। यस संस्थामा शेयर सदस्य ९९५ जना रहेका छन् ।जस अन्तरगत ५०६ जना महिला र ४८९ जना पुरुष रहेका छन् ।यस संस्थाको आर्थिक वर्ष ०७७र०७८ मा कुल शेयर पूंजी ३ करोड १८ लाख ४४ हजार ८०० रुपैया छ भने बचत ५ करोड ७३ लाख २७ हजार ३ सय ९७ रुपैयाँ भइ ॠण लगानी रु ७ करोड ८ लाख ६६ हजार ६ सय ४७ गर्न सफल भएको छ।
यस सहकारीले आन्तरिक तथा बाह्य शेयर खुल्ला गरी आगामी आर्थिक वर्ष ०७८र०७९ मा संख्यात्मक रुपमा दुई हजार जना शेयर सदस्य पुर्‍याई शेयर चुक्ता पुजी ४ करोड पुर्‍याउने लक्ष्य लिएको छ।

कार्यक्रम सस्थाका अध्यक्ष माधब नेपालको अध्यक्षता र सल्लाहकार एवं जेष्ठ शेयर सदस्य लालमणी मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सस्थापक सचिव मथुरा यादव ,पुर्व कोषाध्यक्ष हरिद्वार गुप्ता ,सल्लाहकार ध्रुब नेपाल ,कृषि विज्ञ चन्द्रबहादुर जिसी,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक , मैनहिया माविका शिक्षक नारायण काफ्ले लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका अध्यक्ष माधव नेपालबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष नरेश्वर गौतमबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिती संयोजक भगवती नाउबाट लेखा प्रतिवेदन प्रस्तुत , संस्थाकी व्यवस्थापक इन्द्रा रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालम कार्यसमिति सदस्य केशव अधिकारीले गरेका थिए ।

 

Open photo

Open photo

Open photo

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com