About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
शुलक्ष्य कृषि सहकारी सस्था लि. भुजहवाको सातौ साधारण सभा सम्पन्न

Darpanpost शनिबार, पौष २४, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव ,नवलपरासी- पश्चिम नवलपरासी जिल्लाको सरावल गाउपालिका वडा न ६ भुजहवामा रहेको शुलक्ष्य कृषि सहकारी संस्थाको सातौ साधारण सभा आज सम्पन्न भएको छ ।ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस संस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको छ । आ ।ब २०७७र७८को ५करोड ६५ लाख ९२ हजार ९सय ४८ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो ।जसमा यस संस्थाले २३ लाख ३५ हजार ३ सय ८१ रुपैया बराबरको शुध्द नाफा गर्न सफल भएको छ ।
यस संस्थाले कृषि ,पशुपालन ,बैदेशिक रोजगार ,शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस संस्थाका ब्यवस्थापक सन्तोष कुमार कुशवाहालु बताउनु भयो ।यसै गरि घरघरमा सदस्य बनाउने समेत लक्ष्य रहेको बताईएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष सत्येश्वर पाण्डेको अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यता तथा पुर्व सासद देवकरण कलवारको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।संस्थाका सदस्य शम्भु प्रसाद गुप्ताले स्वागत मन्तब्य दिनु भएको थियो ।कार्यक्रममा संस्थाका सदस्य जितेन्द्र यादव, पत्रकार नन्दु यादव ,समाजसेवी, दिपक क्षेत्री,नेवास यादव,लुम्बिनी प्रदेश कृषि निर्देशनालयका देवेशकुमार मिश्रा , सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खान धुनिया ,प्रतापपुर गाउपालिका वडा न ४का वडा अध्यक्ष जन्त्री बरई ,सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरी लगायतले संस्थाको प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेलले सहकारीले देशको मेरुदण्डको रुपमा रहेकोले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।किसानहरुलाई राहात हुने भएकोले सबैजना मिलि गाउगाउमा सहकारीको स्थापना गरिनुपर्ने आवश्यक रहेको बताउनु भयो ।दलालहरुले गरिब जनताहरुलाई मिटर ब्याजमा पैसा लगानी गरि गरिब जनताहरुलाई दुख दिने दिन गएको बताउनु भयो ।अब सबै किसान दाजुभाई तथा आम नागरिकहरुले अब सहकारी बाट सस्तो ब्याजमा कारोबार गरिनु पर्ने अवस्था आएको बताउनु भयो । साथै यस क्षेत्रमा रहेको बाढि समस्या बारे डिपिआर तयार भईरहेकोले अबको केही समयमा बाढि समस्या समाधान गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।साथै उखुको भुक्तानी समस्या लाई मध्यनजर गर्दै समाधान गर्न तर्फ आफु लागि परेको बताउनु भयो ।कार्यक्रमको संस्थाका सचिव महादेव यादवले सन्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com