About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
जनता मा .बि .अस्लेवाको ५५ औ बार्षिक उत्सब समारोह सम्पन्न

Darpanpost शुक्रबार, पौष २३, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

चुरामणि तिमिल्सिना ,गुल्मी -जनता माध्यमिक बिधालय सत्यबति गाउँपालिका वडा नं १ अस्लेवा गुल्मीको ५५ औ बार्षिक उत्सब समारोह ४ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।

समापन सत्रका प्रमुख अतिथी नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्ञवालीले अबको शिक्षा प्राणली आधुनिक , प्राबिधिक , उपयोआर्जन र व्यबसाथिक मुखी बनाउदै अगाडी बढ्न आग्रह गर्दै शिक्षाको गुणस्तर कायम गर्नको लागि शिक्षक बिद्यार्थी अभिभावक र प्राप्त श्रोत साधन भएमा गुणस्तर कायम रहने बताउनुभयो ।

बिधालयका शिक्षक मणि ज्ञवालीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सत्यवति गाउँपालिकाका अध्यक्ष पारीस्वर ढकाल , उपाध्यक्ष सुबर्ण शेरचन साही , वडा नं १ का वडा अध्यक्ष भिमलाल पाण्डे विशेष अतिथी रहनुभएको थियो।

कार्यक्रममा पुर्व बिधालय व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारी , गोपाल प्रसाद पाण्डे , पुर्व सदस्य अर्जुन कनौजे , यक्सीङ माध्यमिक बिधालयका प्रधानाध्यापक चिरञ्जीवी ज्ञवाली , सहकारीका मुकुन्द प्रसाद पाण्डे , पुर्व सह प्राध्यापक चिरञ्जीवी पाण्डे , विभिन्न
बिधालयका प्रधानाध्यापकहरु ,महिला समुहका अध्यक्ष लगायतले कार्यक्रममा प्रतिनिधि मुलक शुभकामना प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहदै पालिका अध्यक्ष ढकालले यस बिधालयले चालेका हरेक गतिविधिमा यस पालिका बाट आर्थिक ,भौतिक तथा प्राबिधिक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो।

समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने कुणादी सामुदायिक बन , २०६४ सालको एस एल सि ग्रुप, शिक्षक , कर्मचारी , अभिभावक , पत्रकार कर्मचारी लगायत लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक युवराज पाण्डेले करिब २ करोड बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।

समारोहमा बिधालयको यातायात निरन्तर सन्चालन गर्नको लागि आबश्यक बजेट व्यवस्थापनको लागि बिधालयले पालिकाका प्रमुखहरु लाई ज्ञापन पत्र समेत हस्तान्तरण गरेको थियो।

कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डेले गर्नु भएको थियो। कार्यक्रमको सन्चालन शिक्षक बिष्णु प्रसाद पाण्डे र कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com