About Contact
०७ माघ २०७८, शुक्रबार
Close
बिज्ञापन
जनता माध्यमिक बिधालयमा शिक्षक र कर्मचारी बिदाइ

Darpanpost शनिबार, पौष १७, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

चुरामणि तिमिल्सिना ,रिडी -जनता माध्यमिक बिधालय सत्यवति गाउँपालिका गुल्मीले औपचारिक कार्यक्रमका साथ शिक्षक र कर्मचारी बिदाइ गरेको छ । बिधालयमा २०७६ साल देखि मंसिर ५ गते सम्म सेवा प्रदान गर्नु भएको भन्दै बिधालयले दोसल्ला सम्मान पत्र र पाल्पाली करुवाका साथ सम्मान गर्दै बिदाइ गरेको हो। व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणी पाण्डेको अध्यक्षतमा संचालित कार्यक्रममा सत्यवति गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकाल प्रमुख अतिथी रहनु भएको थियो ।बिदाइ हुनेमा प्रकाश भण्डारी , हरि चुदालि ,रमेश पाण्डे , धर्मराज चौधरी ,सुदिप कोरि , चिरञ्जीवी ज्ञवाली , प्रकाश पाण्डे र हुमकला भण्डारी रहनु भएको थियो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक युवराज पाण्डेले कार्यक्रममा बोल्दै बिधालय लाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै आगामी दिनमा पेशाले अन्यत्र जान परेता पनि यस बिधालयले यहाँको सम्झना निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै प्रमुख अतिथी अध्यक्ष ढकालले बिधालय ज्ञानको भण्डार भएकोले शिक्षकहरुलाई लगनशिल, इमानदार कर्मनिष्ठका साथ मैदानमा उत्रियर आफ्नो शिक्षण पेसालाई अगाडी बढाउन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री देउवाद्धारा राष्ट्रका नाममा सम्बोधन
१० हजार ७ सय ३ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com