नेपाली कथानक चलचित्र ‘चुरिफुरी’ यही पुस ९ गतेबाट अल नेपाल रिलिज भएको छ । निर्देशक ऋषिराज आचार्यले कोरोना तथा विभिन्न विपतका कारण दिक्क भएका दर्शकलाई ‘चुरिफुरी’ले फ्रेस बनाउने दाबी गरेका छन् । आचार्यले लामो समयदेखि सिथिल रहेको मनोरञ्जन उद्योगलाई चलायमान बनाउन सबै चलचित्रकर्मी एकजुट भएर अघि बढ्न समेत आग्रह गरेका छन् ।
चलचित्र ‘चुरिफुरी’मा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्रचार्य लगायत कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यस चलचित्रका नायक अभिषेक श्रेष्ठलाई सबैले नायक अनमोल केसीसँग फेस मिलेको भने पनि उनि भन्छन यो सन्जोग मात्र हो । बाकी भिडियो हेर्नुहोस ।