पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका
छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिदा रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला
रेश्मी मगरको मृत्यु भएको हो । मगरको परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।