About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
लक्ष्मी लघुबित्त श्रीनगर शाखाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Darpanpost आइतबार, पौष ११, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

सज्जिता केसी,श्रीनगर सल्यान -लक्ष्मी लघुबित्त बित्तिय सस्था लिमिटेड श्रीनगर शाखाले तेश्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सल्यानको श्रीनगरमा सम्पन्न गरेको छ । राधाकृष्ण महिला समूह केन्द्र नं १० कि केन्द्र प्रमुख कमला भण्डारी डांगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी लघुबित्त बित्तिय संस्थाका सहायक प्रबन्धक हरिकृष्ण भट्टले आफुहरुले बित्तिय लगानी गर्ने मात्र नभई महिलालाई स्वरोजगार मार्फत आत्मनिर्भर बनाउनक लागि लागिपरेको बताउनु भयो । उहाँले सस्थाबाट लगेको ऋण सहि ठाउँमा प्रयोग गरी भाबी सन्तानका लागि रोजगारको बाटो सिर्जना गर्न अपिल समेत गर्नु भयो । साथै लघुबित्त संस्थालाई पछिल्लो समय विभिन्न चुनौती थप भएकाले कर्मचारी संयन्त्र सचेत भएर अगाडी बढ्न सहायक प्रबन्धक भट्टले निर्देशन दिनुभयो ।
लक्ष्मी लघुबित्त बितिय सस्थाका वरिष्ठ अधिकृत देबिलाल न्यौपानेले केन्द्र प्रमुख गोष्ठीको उद्देशबारे प्रकाश पार्दै विभिन्न समुहमा रहेका सदस्यलाई बित्तीय साक्षरता बारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा सदस्य अमृका बोहरा, गेदकुमारी कवर, सुनिता भण्डारी केसी, राधा बुढाथोकी घर्ती, कमला पुन, कमला कुमारी बुढाथोकी लगायतकाले आफ्नो बिचार राख्नुभएको थियो ।
साथै कार्यक्रममा विभिन्न समूह तथा व्यक्तिको मुल्यांकन गरि उत्कृष्ट छनोट गरिएको थियो । जसमा
झिम्पे मिलनचोक महिला समूह पहिलो, रामचौर महिला समूह देस्रो, डाङ्री महिला समूह तेस्रो तथा खैराबाङ महिला समूह सान्त्वनाको लागि छनोट गरिएको थियो । उत्कृष्ट ग्राहक बिधा अन्तर्गत यमुना घर्ती छनोटमा पर्नु भएको थियो । छनोट समुहमा परेका समुह, व्यत्तिलाई प्रमाणपत्र तथा नगदले सम्मान गरिएको थियो ।
शाखाको प्रगती विवरण शाखा प्रबन्धक मन्जु बिसीले प्रस्तुत गर्नु भएको थियो ।
लक्ष्मी लघुबित्त बितिय सस्था श्रीनगर शाखामा १ हजार ८५१ जना महिला सदस्यले बित्तिय सेवा लिईरहेको प्रबन्धक बिसीले जानकारी दिनु भयो ।
कर्मचारी देबीराम शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कर्मचारी सज्जिता केसीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com