About Contact
२१ आषाढ २०७९, मंगलबार
Close
बिज्ञापन
बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन

Darpanpost आइतबार, पौष ११, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं- चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन। उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो। तर, समस्या भने ज्यूकात्यूँ छ । जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ ‘लालपूर्जा’। यहाँ करिब ७ सयभन्दा बढी मतदाता छन्। दलहरूले आश्वासन दिन्छन्। तर, निर्वाचन सकिएसँगै एजेन्डा पनि ओझेलमा पर्दै जान्छ।
२०५५ सालदेखिको लालपूर्जा पाउने आश्वासन अझै पूरा नभएको बताउँछन्, बाँदरझुला संघर्ष समितिका पूर्वसंयोजक राजकुमार प्रजा। ‘सरकारले बजेट दिन्छ, उसैको निकायले रोक्छ। हाम्रो भोट वैधानिक हुने, हाम्रै भोटले सत्ता बन्ने, नेता बन्ने तर ठाउँ भने अवैधानिक रु,’ उनले भने, ‘लालपुर्जाको रंग कस्तो हुन्छ हामीले देख्न पाएका छैनौं।’ संघीय निर्वाचनमा पार्टी एकीकरणको नारा बोकेर नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि माडी पुगेका थिए। दुवै नेताले एउटै मञ्चबाट बाँदर झुलावासीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। तर, त्यसपछि बनेको नेकपाको २ तिहाइको सरकारले ३ वर्षसम्म कुनै सम्बोधनसमेत नगरेको स्थानीयहरू बताउँछन्।
पटक–पटक माडी पुगेका दाहाल एक महिनाअघि बाँदरझुला पुगेर समस्याप्रति आफू चिन्तित भएको बताए। तर, उनीहरूका लागि निकुञ्ज ऐन बाधक बन्दा चुपचाप लाग्ने गरेका छन्। यो ठाउँ क्षेत्र नम्बर ३ मा पर्छ।
यहाँबाट संघीय सांसद नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्। ओलीले दाहालसँगको दूरीपछि माडीलाई रामको जन्मभूमिको नाराले उचाले। त्यसपछि बाँदरझुलालाई हनुमानझुलाका रूपमा प्रचार गर्न खोजिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com