काठमाडौं – राष्ट्रिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदै छ।
निर्वाचन आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेको थियो।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी ,राष्ट्रिय जनमोर्चा लगायतले राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराइसकेका छन्।
नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अझै दल दर्ता गरेका छैनन्।
उनीहरुले आज दल दर्ताको निवेदन बुझाउने तयारी गरेका छन्।
निर्वाचन आयोगमा १०३ दल दर्ता छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गतेका लागि
तोकिएको छ।