About Contact
२३ आषाढ २०७९, बिहिबार
Close
बिज्ञापन
राष्ट्रपतिद्धारा ‘क्रिसमस डे’का अवसरमा शुभकामना व्यक्त

Darpanpost शनिबार, पौष १०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली दिदी बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु स्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्ता चाडपर्वको माध्यम बाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदाय बीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकता लाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको राष्ट्रपति भण्डारीले दिनुभएको सन्देशमा उल्लेख गरिएको छ ।

आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको छ ।

क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । आज भन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

नेपालमा २०६३ सालपछि महोत्सवको रुपमा दिवस मनाउन थालिएको हो ।
क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बेवासिरे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद
सञ्चारकर्मीहरू कमजोरीबाट हुनबाट सचेत हुनु पर्छ : पोख्रेल

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com