तुलसीराम पौडेल ,छपिया -रुपन्देहीको सियारी गाउपालिका ५ बनघुसरी स्थित संचय बचत तथा ॠण सहकारी सस्था लिमिटेडको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईले साधारण सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै उहाले सहकारीका शेयर सदस्यहरुले आफुलाई ग्राहक होइन मालिक सम्झेर चलाख भइ सस्था प्रती उत्तर दायित्व निभाउन पर्ने बताउनु भयो ।संस्था बने आफू बनिने संस्था बिग्रे आफू बिग्रने भएकोले सस्थाको कार्य समिति छनौट गर्ने बेलामा संस्थाको प्रगतिको लागि शेयर सदस्य नै सजग एव चनाखो हुनुपर्ने उहाको भनाइ थियो ।सहकारीले शेयर सदस्यहरुको आर्थिक ,सामाजिक रुपान्तरणको लागि नया कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष थमन बहादुर पौडेलले सहकारीको उन्नतिका लागि आफुलाई सस्थाका सम्पूर्ण पदाधिकारीबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनु भयो ।हामी सबैको सहयोग र प्रयासबाट सहकारीलाई प्रगतिको बाटोमा अगाडि बढाउन सफल भएको उहाँको भनाइ थियो ।
साधारण सभाले आर्थिक वर्ष २०७७र०७८ को ३६ करोड ९ लाख ८१ हजार २ सय ७८ रुपैयाँ ६१ पैसा बराबरको आय व्यय पारित गरेको छ।
यस सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा २० लाख ४३ हजार ९२ रुपैयाँँ विशुद्ध नाफा गरेको छ।आगामी वर्ष २०७८र०७९ को लागि २४ लाख ४० हजार ६०० रुपैयाँ विशुद्ध नाफा गर्ने लक्ष्य राखेको छ।
यस सस्थामा ३२२ महिला र पुरुष २७९ गरि जम्मा ६०१ जना शेयर सदस्य आवद्ध रहेका छन् ।यस सहकारीले आफ्ना शेयर सदस्यहरु लाई १५५ लाभांश वितरण गरेको छ।
साधारण सभामा सहकारीले दृस्ठि विहिनहरुको लागि आवश्यक सामाग्री सहयोग गरेको छ।विरेन्द्र माविका दृस्ठि विहिन स्रोत शिक्षक लोकनाथ सापकोटालाई
चामल ,दाल ,तेल ,चिनी ,जुत्ता ,किचन शु ,इलेक्ट्रोनिक पानी तताउने भाडो लगायत आवश्यक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष थमन बहादुर पौडेलको अध्यक्षता, सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईको प्रमुख आतिथ्यता र
इलाका प्रहरी कार्यालय दयानगरका प्रमुख नवीन कुमार थापाको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा शेयर सदस्य प्रेम कुमार पोख्रेल ,सियारी गाउपालिका वडा नम्बर ५ का वडा सचीव दिवाकर त्रिपाठी ,विरेन्द्र मावी दृस्ठि विहिन स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
संस्थाका अध्यक्ष थमन बहादुर पौडेलबाट संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत ,लेखा समिती संयोजक गणेश बहादुर शाहिबाट लेखा प्रतिवेदन प्रस्तुत , संस्थाका उपाध्यक्ष यम बहादुर रोकाहाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचीव भागिरथ पाण्डे ९रवि० ले गर्नुभएको थियोे ।