काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय आज सार्वजनिक
गर्दै कार्कीले बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।
त्यस्तै सरकारले क्रिसमस ’डे’ को अवसरमा भोलि पुस १० गते शनिवार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
त्यस्तै जिल्ला सभा रूपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय समेत सरकारले गरेको छ ।
सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र
वैदेशिक द्रुत डार्क सेवा, ईएमएस महसुल पुनः पुनरावलोकन
गर्ने निर्णय समेत गरेको कार्कीले बताउनुभयो ।